शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

४८ घण्टाभित्र मुख्यमन्त्रीको पदबाट राजीनामा दिने केजरिवालको घोषणा

  • प्रकाशित मिति : सोमवार, भदौ ३१, २०८१



  • दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरिवालले ४८ घण्टाभित्र मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा गरेका हुन् । मदिरा बिक्रीमा अनियमितता गरेको आरोपमा जेलबाट धरौटीमा रिहा भएको दुई दिनपछि पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

    उनले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । जनताले आफूलाई भोट दिए भने यो आफ्नो ‘इमान्दारिता’को प्रमाणपत्र हुने उनले बताए ।

    आम आदमी पार्टी (आप)को कार्यालयमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री केजरिवालले भने, ‘म ४८ घण्टाभित्र मुख्यमन्त्री पदबाट राजीनामा दिन गइरहेको छु । जनताले आफ्नो फैसला नसुनाउन्जेलसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्नेछैन । म हरेक घर र गल्लीमा जान्छु, तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्नेछैन ।’

    उनले अगाडि भने, ‘निर्वाचन केही महिनापछि हुन्छ । यदि तपाईंलाई केजरिवाल इमानदार लाग्छ भने मलाई भोट दिनुहोस्, लाग्दैन भने नदिनुहोस् । म चुनावबाट अनुमोदित भएपछि मात्र मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्नेछु । तपाईंको मत मेरो इमान्दारिताको प्रमाण हुनेछ ।’

    केजरिवाल दुई दिनअघि जमानतमा रिहा भएका थिए । दिल्लीमा जनवरीमा निर्वाचन हुने बताइएको छ । तर, केजरिवालले तोकिएको मितिभन्दा पहिल्यै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने, आगामी फेब्रुअरीमा दिल्ली विधानसभा निर्वाचन हुने बताइएको छ । म महाराष्ट्रको चुनावसँगै नोभेम्बरमा चुनाव हुनुपर्ने माग गर्दछु ।’

    निर्वाचन नहुन्जेलसम्मका लागि पार्टीबाट अर्को कोही व्यक्ति मुख्यमन्त्री बन्ने र यसका लागि आगामी दुई वा तीन दिनमा विधायकहरूको बैठक बस्नेछ र बैठकले अर्को मुख्यमन्त्रीको निर्णय गर्ने उनले बताए । केजरिवालले केन्द्र सरकारले भाजपाले चुनाव हारेका राज्यका मुख्यमन्त्रीविरुद्ध मुद्दा दायर गर्ने सूत्र अपनाएको आरोप पनि लगाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij