शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकियो

  • प्रकाशित मिति : सोमवार, भदौ ३१, २०८१



  • सरकारी कार्यालय, मल तथा जुलुसमा लिएर जान नपाइने
    लाइसेन्सप्राप्त हतियार सरकारी कार्यालयमा लिएर जान सरकारले बन्देज लगाएको छ। गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गरी हातहतियार बोक्न निषेधित क्षेत्र तोकेको हो।

    सूचनाअनुसार सरकारी कार्यालयहरू, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यावसायिक भवनमा निषेध गरिएको छ। त्यस्तै सपिङ मल, हाट बजार, सभा जुलुस भएको स्थान, पुरातात्विक र संरक्षितस्थल, बालगृहलगायतका स्थानमा लाइसेन्सप्राप्त भए पनि हतियार लैजान रोक लगाइएको छ।

    अवैधसँगै लाइसेन्स प्राप्त हतियारको समेत सम्भावित दुरुपयोग रोक्न निषेधित क्षेत्र तोकिएको मन्त्रालयले जनाएको छ।

    गत ५ चैतमा व्यवसायी दुर्गा प्रसाईंका दुई सहयोगी लाइसेन्सप्राप्त हतियार लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्दा पक्राउ परेका थिए। सोही घटनापछि गृह मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलको सिफारिसका आधारमा लाइसेन्सप्राप्त हतियार निषेधित क्षेत्र तोकिएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij