शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : रवि लामिछाने

  • प्रकाशित मिति : बिहिबार, अशोज ३, २०८१



  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताएका छन् । उनले दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको बताए ।

    ‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो। तर टिसर्ट लगाएको मान्छे समाएको छ । कराएको मान्छे समाएको छ’, उनले भने, ‘उपसभामुखलाई हटाउने लगायतका काम गर्नुहुँदैन, यो दुई तिहाईको सरकार त्यतातिर छ ।’

    सरकार बलियो भने पनि यसको धरातल कमजोर रहेको भन्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरे ।

    ‘संसदमा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डपछि सरकार ढल्यो । अस्थिरता छ । अहिले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन’, उनले भने ।

    सभापति लामिछानेले सरकारले संविधान संशोधनलाई राजनीतिक सौदाबाजी बनाएको बताए । ‘संविधान संशोधन गर्छु भन्ने नाममा आफ्नो राजनीतिक इन्ट्रेस्टको सौदाबाजी गर्न पाइँदैन । संविधानलाई सौदाबाजी गर्नु राम्रो भएन’, उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij