आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गौरीफन्टा सीमा क्षेत्रमा लुटपाट गर्ने समूहबाटै प्रहरीको गैरकानुनी असुली!

  • प्रकाशित मिति : शुक्रबार, अशोज ४, २०८१



  • नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा क्षेत्रमा लुटपाट गर्नेहरुबाटै प्रहरीले गैरकानुनी रुपमा रकम असुल्ने गरेको पाइएको छ।

    कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार क्षेत्रमा भदौ ३० गते दिउँसो लुटपाट गर्नेहरूबाटै त्रिभुवनबस्ती प्रहरी चौकीले गैरकानुनी रुपमा असुल गरेको पाइएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–७ का १७ वर्षीय भुवन राना, २० वर्षीय संगत चौधरी र २२ वर्षीया सृजना चौधरीको समूहले कञ्चनपुरको बेलौरी नगरपालिका–४ का किशन रानालाई लुटपाट गरेको थियो।

    गत आइतवार भारतबाट फर्किएका किसनको १७ हजार ६ सय रुपैयाँ उनीहरुले लुटपाट गरेका हुन। नेपाल–भारत सीमा क्षेत्र डोकेबजारमा किसन लुटिएका हुन्। आइतवार दिउँसो सीमा क्षेत्रको जङ्गलमा लुटिएका रानाले पच्कडिया प्रहरी चौकीमा खबर गरेका थिए। प्रहरीले लुटेरा समूहलाई साँझ मात्र नियन्त्रणमा लिएको थियो। लुटेरा समूह लागुऔषध सेवनकर्ता भएकाले उनीहरू भारतको भूमिमा हुँदा नियन्त्रण गर्न प्रहरीलाई समस्या भएको हो।

    नेपाली भूमिमा प्रवेश गर्नासाथ लुटेरा समूहका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताए। सीमा क्षेत्रका एक स्थानीयले भने, ‘दिउँसो १ बजे घटना भएको रहेछ। शौचालय गएको समयमा लुटेका रहेछन्। प्रहरीमा खबर गर्नुभयो। तर, प्रहरीले भारतको भूमिमा लुटेरा भएकाले पक्राउ गर्न सकेन। उनीहरू साँझ फर्किपछि मात्र प्रहरीले पक्राउ गरेको हो।’ डोकेबजारका स्थानीयले ९ जनालाई पच्कडिया प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। पच्कडिया प्रहरीले चार जनालाई मात्र इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्ती पठाएको छ।

    तर, त्रिभुवन बस्ती प्रहरीले लुटेराहरूबाट गैरकानुनी रुपमा रकम असुल गरेर उन्मुक्ति दिएको छ। एक रात त्रिभुवनबस्ती प्रहरीको थुना कक्षमा रहेका उनीहरू अर्काे दिन घर फर्किका हुन्। उनीहरुले गौरीफन्टा क्षेत्रमा रानाले १२ हजार र सृजनाले १० हजार प्रहरीलाई घुस दिएपछि थुनामुक्त भएको बताउने गरेका छन्। गौरीफन्टामा एक जनाले भने, ‘लुटेराहरु दोस्रो दिन फर्किए। रानाले १२ हजार र चौधरीले १० हजार प्रहरीलाई दिए। लुटिएकाको ९ हजार भारु मात्र फिर्ता भयो। अहिले प्रहरीलाई खरिद गरेर बाहिर आएको लुटेराहरु भन्दै हिडेका छन्।’

    तर, त्रिभुवनबस्ती प्रहरीका इञ्चार्ज महेश विक्रम शाहीले ९ हजार भारतीय रुपैयाँ किशनको फिर्ता गरेको बताए। शाहीले लुटिएका किसनको ११ हजारमा ९ हजार भारतीय भारतीय रुपैयाँ फिर्ता गरेको बताए। उनले एक प्रहरी अधिकारीलाई फोनमार्फत सोधे, ‘उहाँहरू एक रात थुनेका हौ। ठाडो निवेदन थियो। लागुऔषधको सूचनाका लागि थुनेको हो। ११ हजार फिर्ता गरेका हौ। स्वास्थ्य परीक्षण पनि गरेका हौ। तीन जना केटाहरू थिए। हाम्रोमा चार जना आएका हुन। तीन केटा एक केटी आउनुभएको हो।’

    त्रिभुवनबस्ती प्रहरीको थुनामा रहेका एक महिलासहित तीन जनाको विवरण रहेको छ। तर, एक जनाको विवरणसमेत प्रहरीको तथ्याङ्कमा छैन।’ जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले लुटपाटको घटनामा मिलापत्र गर्न नहुने बताए। उनले लुटपाटको घटना प्रहरीमा आएपछि कानुनी प्रक्रियामा जानुपर्ने बताए। तर, गौरीफन्टा सीमा क्षेत्रमा आइतवार भएको लुटपाटको विषयमा जानकारी नभएको उनको प्रतिक्रिया छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij