शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कैलाली कारागारमै थुनुवा चुरोटमा भरेर सेवन गर्छन चरेस!

  • प्रकाशित मिति : सोमवार, अशोज ७, २०८१



  • धनगढी/ जिल्ला कारागार कैलालीका थुनुवा तथा कैदीहरूले लागुऔषध सेवन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ। जिल्ला कारागार, कैलालीमा विष सेवन गरेर ढलेका २३ वर्षीय दीपक विकको नोटमा उक्त विषय उल्लेख गरिएको हो।

    जिल्ला कारागार कैलालीको शौचालयमा ढलेको अवस्थामा फेला परेका दीपक विकको २०८१ भदौ ३१ गते मृत्यु भएको थियो। शौचालयमा ढलेको अवस्थामा फेला परेका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

    कैलालीको घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दीपक विकको नोटको आधारमा उनकी प्रेमीकालाई प्रहरीले पक्राउ गरेको छ। हाड नाता करणी र जबरजस्ती करणी मुद्‍दामा दीपकलाई २०८० फागुन ३ गते पुर्पक्षका लागि कारागार पठाइएको हो। जिल्ला कारागारमा ६ महिनादेखि थुनुवा जीवन बिताएका दीपकले एक नोट तयार पारेका थिए। उक्त नोटको आधारमा उनकी प्रेमिका पक्राउ परेकी हुन्। उक्त नोटमा नै दीपकले कारागारको थुनुवा कक्षमा चरेस सेवन गरेको उल्लेख गरेका छन्।

    कैलाली प्रहरीले दीपकको मृत्युपछि उनकी प्रेमिका १४ वर्षीया किशोरीलाई नोटको आधारमा पक्राउ गरेका बेला उनले लेखेको नोटमा चरेस सेवन गरेको उल्लेख गरिएको छ। दीपकको नोटको चौथो पानामा चरेस सेवन गरेको विषय उल्लेख गरिएको हो। दीपकले २०८१ भदौ १७ गते लेखेको नोटमा भनिएको छ, ‘आज यो मिति त्यति खास त होइन। आज मैले जीवनमा गर्दै नगरेको, अनी साँच्चै नसोचेको कुरा गरे। जोकी मैले बाबालाई दिएको बचन तोडे। मैले जीवनको पहिलो चोटी चरेसलाई चुरोटमा भरेर खाए। मैले कल्पना पनि गरेको थिएन की, मैले यस्तो गरुला भनेर।’ दीपकको नोटलाई आधार मान्ने हो भने, कैलाली कारागारमा अहिले पनि चुरोट, चरेस लगाएतका लागुऔषधको कारोबार तथा सेवन हुने गरेको छ।

    पहरी थर भएकी उनकी प्रेमिकाबाट विष कारागार पुगेको र भदौ ३१ गते दुबै जनाले विषय सेवन गर्ने विषय नोटमा उल्लेख गरिएका बेला लागुऔषध कारागार भित्र सेवन गरिएको कुरा पनि समावेश भएको हो। २०८१ भदौ १७ गतेको नोटमा उनले थपेका छन्, ‘जिन्दगीसँग हार खाएपछि नसा त परको कुरा हो, मान्छे विष पिउन पनि कुनै गाह्रो नमान्दो रहेछ।’ उनले आफ्नो भाइलाई नसा (लागु औषध) सेवन गर्न नहुने सुझाव दिने गरेको पनि नोटमा लेखेका छन्। उनले लेखेका छन्, ‘कुनै समय म स्वयम् मेरो भाइलाई सम्झाउथे की, कुनै पनि नसा गर्नु हुँदैन। तर, म नै आज विस्तारै नसामा डुब्दै छु। सायद अब त्यस्तो दिन त महिलै नआउँला, मेरो भाईलाई सम्झाउने।’

    दीपकले नोटमा आफू पनि लागुऔषध सेवन गर्न थालेको उल्लेख गरेका हुन्। भाइसँग पनि भेट नहुने उनले बताएका छन्। उनले अगाडी नोटमा भाइसँग भेट नहुन पनि सक्ने उल्लेख गरेका छन्। लेखेका छन्, ‘अबत भेटपनि हुन्छकी हुँदैन, सबैको सामु भन्ने गर्थे जीवनमा नसा गर्दैन भनेर। तर, सेकन्। जीवनमा यस्तै समय आयो की, जीउने भन्दा पनि मर्न रहर बढी लाग्छ। सायद पूरा पनि हुन्छ, होला।’ दीपकको नोटमा उल्लेख भएका शब्द र विषय अनुसार उनको विष सेवन गरेर मर्ने योजना तय भएको देखिन्छ। जीवनदेखि हरेस खाएको भावमा उनले लेखेका छन, ‘मैले भन्थे, जब म नसा गर्छु, तब म मृत्युको मुखमा पुग्छु। आज भाग्य हो की समय ? त्यस्तै भयो। जिन्दगी मृत्युसँग लड्दैछ। मलाई जिउन भन्दा मर्न बढी मन लाग्दैछ। मर्न त मर्छु होला। मसँग जिन्दगीसँग लड्न सक्ने क्षमता नै छैन। र सक्दैन पनि। आजसम्म जीउनको लागि पनि एक मात्र व्यक्ति, जो मेरी स्वास्नी हो। सँगै जिउने, सँगै मर्ने कसम खाएर सबै कुरा त्यागरे, जिन्दगीको सुरुवात गरेका हामी र हाम्रो त्यो प्रेम सफल हुन सकेन।’

    दीपककी प्रेमिका रहेकी किशोरीले समेत दुबै जनाले विष सेवन गरेर मर्ने सल्लाह गरेको प्रहरीमा बयान दिएकी छन्। उनीहरू दुबै जनाले विष सेवन गरेर मर्ने योजना बनाएका कैलाली प्रहरीले बताएको छ। जिल्ला कारागार कैलालीको सुरक्षाको जिम्मा पाएको कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टले दीपकको नोटमा लागुऔषध तथा चरेसको विषय उल्लेख भएको जानकारी नभएको प्रतिक्रिया दिए। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख विष्टले भने, ‘त्यो देखेको छैन। पहिला पनि अनुगमन हुन्छ। जिल्ला प्रशासन र मैले पनि अनुगमन गर्ने गरेका छौ। यो विषय कसरी आयो। विष चै अचारको बट्टामा गएकै हो। छानबिन समितिले पनि केही ल्याउला। समितिले सुधार गर्नुपर्ने विषय ल्याउला। हामीले अचार र घिउ बन्द गरेका छौ। अचारमा नै त्यो कुराहरू (चरेस) पनि आउथ्यो की ? पाँच जनाको छानबिन समिति छ। यस्ता कुराहरू औँल्याउछ।’

    नातामा दाजु बहिनी पर्ने उनीहरूबिच प्रेम सम्बन्ध रहेको र पेटमा बच्चा रहेको परिवारमा जानकारी भएपछि जबरजस्ती करणी र हाडनाता करणी गरेको मुद्‍दामा दर्ता भएको थियो। दीपक २०८० माघ ७ गते पक्राउ परेका थिए। उनलाई २०८० फागुन ३ गते पुर्पक्षका लागि कैलाली कारागार पठाइएको थियो। अन्तिम फैसला नहुँदै दीपकको मृत्यु भएको छ। उनकी प्रेमीका प्रहरीको नियन्त्रणमा छन।
    Dineshkhabar bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij