आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गौरीगाउँ ताल पर्यो ओझेलमा

  • प्रकाशित मिति : सोमवार, अशोज १४, २०८१



  • दाङ । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो । दाङमा नै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको उक्त ताललाई प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । तुलसीपुर बजारबाट नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्न सक्ने उहाँले बताए।

    तालको बीचमा करिब एक करोडको लागतमा शिवमन्दिर निर्माण गरिएको छ । तुलसीपुर–१०  गौरीगाउँका चारटोलको बीचमा पर्ने उक्त तालको मन्दिरमा पाँचवटा मूर्ति राखिएको छ । शिव, गणेश, सूर्य, देवी, विष्णु गरी पाँचवटा मूर्ति राखिएको छ । साथै मन्दिरमा पुग्न करिब ४५ मिटरको पुल पनि निर्माण भएको छ । वर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ । तालमा माछापालन पनि गर्ने गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij