प्रकाशित मिति : शनिबार, अशोज १९, २०८१
बिनिता शर्मा, काठमाडौं/ मकवानपुर प्रहरीले हेटौँडाबाट १०७ किलो लागुऔषध गाँजा र बोलेरो गाडीसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका– २ पालुङका २४ वर्षीय सुजन तामाङ छन्। तामाङलाई मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बा. १२च २८८५ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरिएको हो।
प्रहरीले तामाङले चलाएको बा. १२च २८८५ नम्बरको बोलेरो गाडीलाई हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा रहेको चेकपोस्टमा रोकी जाँच गर्दा बोलेरोमा लुकाई ल्याएको अवस्थामा १०७ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख sp विश्वराज खड्काले जानकारी दिनुभयो।
लागुऔषध गाँजा, बोलेरो गाडीसहित तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धानअगाडि बढाइएको sp खड्काले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij