शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ, च्याङ्ग्राको कति ?

  • प्रकाशित मिति : शनिबार, अशोज १९, २०८१



  • काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याइएका खसी च्याङ्ग्रा १० रुपैयाँ छुटसहित बिक्री गर्ने भएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरि १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको कम्पनीले जनाएको छ ।

    यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिने भएको छ । गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो ।  उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो । कम्पनीले दसैँमा १ हजार ५०० खसी बोका र  ३०० च्याङ्ग्रा गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

    यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट २० गते आइतबारदेखि बिक्री गरिने कम्पनीले जनाएको छ । मकवानपुरबाट ल्याइएका खसीबोका आज बिहानसम्म २०८ वटा थापाथली आइपुगेका छन् ।

    ५०० वटा खसी बोका र  मुस्ताङ्बाट ल्याइएका २०० वटा च्याङ्ग्रा आज साँझसम्म आइपुग्ने कम्पनीका प्रवक्ता अम्बिका पौडेलले जानकारी दिइन् ।  ‘घटस्थापनाको दिनदेखि बिक्री गरिने लक्ष्य हो तर बाटो बिग्रिएका कारण ल्याउन ढिला भयो । भोलिबाट बिक्री गर्ने छौँ,’ उनले भनिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij