आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वोच्चमा क्षमायाचनापछि सिधाकुराका कँडेल र ढुंगाना कैद मुक्त

  • प्रकाशित मिति : आइतवार, अशोज २०, २०८१



  • काठमाडौँ /अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंजना सात दिन कैद सजाय गरी आइतबार कैदमुक्त भएका छन् । सर्वोच्च अदातलमा उपस्थित भइ क्षमायाचना गरेपछि उनीहरूलाई तोकिएको तीन महिनाको कैद घटाएर सात दिनमा मुक्त गरिएको हो ।

     

    केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालले अदालतको फैसला बमोजिम दुवै जना सात दिन कैद बसेर आइतबार कैदमुक्त भएको जानकारी दिए ।

    ‘सिधा कुरा’ डटकममा ‘डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा कँडेल र ढुंगाना तथा फेक अडियो सामग्री तयार पार्ने राजकुमार तिमिल्सिनालाई गत साता सर्वोच्चले कैद सजाय हुने फैसला गरेको थियो ।

    सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन/प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई ३/३ महिना कैद सजाय सुनाएको थियो ।

    सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसलामा उल्लेख थियो।

    लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख थियो । अदालतको त्यही फैसलालाई टेकेर कँडेल र ढुंगाना फैसला भएकै दिन केन्द्रीय कारागार सुन्धारा चलान भएका थिए । त्यसको चार दिनपछि गत बिहीबार दुबै जना सर्वोच्च अदालतमा उपस्थित भइ क्षमायाचना गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij