शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रत्येक वर्ष आँखा जचाउन तिलगंगा प्रतिष्ठानको आग्रह

  • प्रकाशित मिति : शुक्रबार, अशोज २५, २०८१



  • काठमाडौं। तिलगंगा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ।

    प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो ।

    विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चा जन्मिएमा र कम तौल जन्मिएमा पनि आँखा केन्द्रमा गई परीक्षण गराउन सबै अभिभावकलाई आग्रह गरेको छ । यस वर्षको आँखा दिवसको नारा ‘बालबालिकाको आँखालाई माया गरौँ’ भन्ने थियो ।

    यस नाराले बालबालिकाको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न सहयोग पुग्ने प्रतिष्ठाले विश्वास लिएको छ ।

    पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरुको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरुको आँखामा विभिन्न समस्याहरु बढिरहेकाले विश्व स्वास्थ्य संगठनले समेत सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसङ्ख्यामा दृष्टिदोषको समस्या देखिनसक्ने पूर्वानुमान गरेको प्रतिष्ठानको भनाइ छ।

    त्यसको रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षहरुले सहकार्य गर्दै समुदायस्तरमै जनचेतना अविबृद्धि गर्न आवश्यक रहेको सुझाव छ ।

    बच्चाहरूमा हुनसक्ने दृष्टि कमजोरीलाई बेलैमा उपचार नगर्दा उनीहरुको शिक्षामा गम्भीर असर पर्ने भएकाले उपचार पहुँच र चश्मा प्रयोगले बालबालिकाहरुको अध्ययन क्षमतामा हुने जोखिम ४४ प्रतिशतले घटाउन सकिने प्रतिष्ठानले जनाएको छ ।

    विश्वमा करिब चार करोड ५० लाख बालबालिकामा दृष्टि समस्या रहेकोमा त्यसमध्ये धेरै बालबालिका आँखा उपचार सेवाबाट बन्चित रहेको जनाइएको छ।

    नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेकोमा करिब सात लाख बालबालिकामा उपचारको पहुँच नरहेको पनि प्रतिष्ठानले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij