शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, अशोज २५, २०८१



  • रोल्पा / रोल्पामा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बिहीबार राति १० बजेतिर माडी गाउँपलिका-४ तालाबाङस्थित आरुवानजिकै यात्रु पुर्‍याएर फर्कने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

     

    प्रहरीका अनुसार बिहीबार राति यात्रु पुर्‍याएर स्थानीय रिजाबाङबाट भित्री सडक हुँदै घर्तीगाउँतर्फ फर्कने क्रममा लु १ ज ४५८० नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका स्थानीय खस्रेडाँडा बस्ने २५ वर्षीय युवक अर्जुन डाँगीको उपचारका क्रममा रोल्पा अस्पतालमा मृत्यु भएको हो । माडीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि रोल्पा अस्पतालमा लगिएकोमा शुक्रबार बिहान २ बजे उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

    जिप सडकबाट करिब ६५ मिटर तल खसेको थियो । केही दिन अघिसम्म परेको अविरल वर्षाले बिगारेको ग्रामीण सडकको अवस्था राम्रो एवं सुरक्षित नभए पनि चालकले जिप चलाएको स्थानीयले बताएका छन् । दुर्घटनामा ज्यान गुमाएका युवा अर्जुन वैदेशिक रोजगारीका लागि जाने अन्तिम तयारीमा रहेका थिए ।

    घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा ९ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो । प्रहरी निरीक्षक भण्डारीका अनुसार जिपमा सवार चालकसहित ३ जना भएको सूचना पाए पनि घटनास्थल पुग्दा चालक र सहयोगी भेटिएनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij