प्रकाशित मिति : शुक्रबार, अशोज २५, २०८१
बैतडी/ बैतडीमा ९ सय पशुको बली दिइएको छ। घटस्थापनादेखि नवमीसम्म ९ सय पशुको बलि दिइएको हो।
सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैन मन्दिरमा २१ पशुको बली दिइएको छ। बिहीबार राती १४ राङ्गा र ७ बोकाको गरी २१ पशुको बली दिइएको वडा नम्बर ५ का वडाअध्यक्ष केशवसिंह बिष्टले बताए। डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राङ्गा र ३५ वटा बोकाको बली दिइएको छ। डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राङ्गा र दुई बोका बली दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताए। डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्राभरीमा १८ बोकाको बली दिइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij