शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज विजया दशमी, टिकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

  • प्रकाशित मिति : शनिबार, अशोज २६, २०८१



  • काठमाडौं। आज विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।

    घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत  बिहान ८ बजेर ३३ मिनेटमा रहेको टिकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

    दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको वध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ। यद्यपि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टिका लगाउने चलन पनि छ।

    ठूला वा मान्यजनको हातबाट टिका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ । टिका लगाउदाँ टिका लगाइदिने व्यक्ति पश्चिम र टिका लगाउने व्यक्ति पूर्व फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ।

    विजया दशमीको दिन टिकाको साइत गरेसंगै देविको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टिका र जमरा लगाउने प्रचलन रहेको छ।

    तर केही स्थानमा भने विजया दशमीको दिनमा मात्र टिका र जमरा लगाउने गरिन्छ । यस बर्ष असोज १७ गते घटस्थापनाको दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत गरेर सुरु भएको दशैं कार्तिक एक गते पूर्णिमाको दिनबाट सम्पन्न हुने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij