आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्वाचन नजिकिँदै गर्दा बाइडेनद्वारा विद्यार्थी ऋण राहत स्वीकृत

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २, २०८१



  • काठमाडौँ । राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरेका छन् ।

    पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित गर्र्ने ह्वाइट हाउसले बताएको छ ।

    ह्यारिस नोभेम्बरको ह्वाइट हाउस दौडमा डेमोक्रेटिक उम्मेदवार छन् । उनले रिपब्लिकन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

    यो घोषणा कोभिड–१९ महामारीपछि घरपरिवारहरूले उच्च जीवनयापन लागतको भार महसुस गरिरहेको र मतदाताहरूले सर्वेक्षणहरूमा अर्थतन्त्रलाई महत्त्वपूर्ण चिन्ताका रूपमा उल्लेख गरेको बेलामा आएको छ ।

    पछिल्लो कदमसँगै सार्वजनिक सेवा ऋण माफीअन्तर्गत १० लाखभन्दा बढी मानिसको ऋण रद्द गरिएको राष्ट्रपति बाइडेनले वक्तव्यमा उल्लेख गरेका छन् ।

    शिक्षक, नर्स र अन्य व्यक्तिहरूलाई समर्थन गर्ने कार्यक्रमको प्रतिबद्धतामा १० वर्षको सार्वजनिक सेवा र १० वर्षको भुक्तानीपछि विद्यार्थी ऋण माफी समावेश थियो ।

    “धेरै लामो समयसम्म सरकारले आफ्नो प्रतिबद्धताहरू पूरा गर्न असफल भयो र केवल सात हजार मानिसले मात्र माफी पाएका थिए”, बाइडेनले भने, “म उच्च शिक्षालाई किफायती बनाउन कहिल्यै काम गर्न रोक्ने छैन ।”

    उपराष्ट्रपति ह्यारिसले उच्च शिक्षा जीवनभरको ऋण नभई आर्थिक अवसरको मार्ग हुनुपर्ने बताए । उनले पनि लागत कम गर्न, उच्च शिक्षालाई अझ किफायती बनाउन र विद्यार्थी ऋणको भार कम गर्न काम जारी राख्ने प्रतिज्ञा गरिन् ।

    कोरोना भाइरस महामारीको समयमा पूर्वराष्ट्रपति ट्रम्पले लागू गरेको विद्यार्थी ऋण भुक्तानीको रोक्कापछि बाइडेनले लाखौँ अमेरिकीका लागि विद्यार्थी ऋण रद्द गर्ने प्रयासहरू सुरु गरेका छन् ।

    अमेरिकीहरूसँग चार सय ११ खर्ब डलर विद्यार्थी ऋण छ र केहीले जागिर र परिवार सुरु गर्दा दशकौँसम्म तिर्नुपर्ने हुन्छ ।
     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij