प्रकाशित मिति : शनिबार, कार्तिक ३, २०८१
दाङ/ तुलसीपुरको अँगेरी खोलामा सल्यान कपुरकोटकी २८ वर्षीया एक महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । सल्यान घर भई हाल तुलसीपुरमा बस्दै आएकी एक महिला मृत फेला परेकी हुन। सल्यानको कपुरकोट गाउँपालिका ४ गाँडापानी घर भई हाल तुलसीपुर ३ श्रीगैमा छोराछोरीसहित कोठा भाडामा बस्ने मिना कठायत मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
शुक्रबारदेखि परिवारसँग सम्पर्क विहीन भएकी मिनालाई आफन्तहरूले खोज्ने क्रममा शनिबार दिउँसो साढे १ बजेको समयमा अँगेरी खोलामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । मृतकका श्रीमान रोजगारीको शिल्पकलामा विदेश रहेको समेत प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij