आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधान सेनापतिसँग भारतीय National Cadet Corps को भ्रमणदलद्वारा शिष्टाचार भेटघाट

  • प्रकाशित मिति : सोमवार, कार्तिक १२, २०८१



  • बिनिता शर्मा, काठमाडौँ। प्रधान सेनापतिसँग भारतीय National Cadet Corps को भ्रमणदलद्वारा शिष्टाचार भेटघाट भएको छ ।

     

    यही कार्तिक ११ गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय National Cadet Corps (NCC) को भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ ।

    राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित Youth Exchange Programme (YEP) मा सहभागी हुन भारतीय सेनाका Wing Commander PR Ponnappa को नेतृत्वमा १८ सदस्यीय भारतीय NCC टोली मिति २०८१ कार्तिक ०५ गते नेपाल आएको हो ।

    वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्र/छात्राहरुले वि.सं.२०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित YEP मा सहभागीता जनाउँदै आई रहेका छन् ।

    यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।

    नेपाल भ्रमणमा रहेको भारतीय National Cadet Corps (NCC) का टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्र/छात्राहरूको समेत सहभागिता रहेको छ ।

    जङ्गी अड्डामा आज आयोजित भेटघाट कार्यक्रममा रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत YEP मा सहभागी नेपाल तथा भारतका NCC छात्र छात्राहरूको उपस्थिति थियो ।

    राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४,४८० जना छात्र/छात्राहरुले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् भने यस वर्ष ७,७०४ छात्र/छात्राहरु उक्त तालिम सहभागी भई रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij