प्रकाशित मिति : आइतवार, कार्तिक १८, २०८१
बिनिता शर्मा, काठमाडौँ। प्रहरीले करीब १३ लाख नगद सहीत मोरङ र सुनसरी जिल्लाबाट २५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका- ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका- ३का ५५ बर्षीय ध्रुव सिग्देल र बिराटनगर महानगरपालिका- ५का ५५ बर्षीय मनिराज प्रसाईलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ र ५ बुङ तास समेत बरामद गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईनरुवा नगरपालिका -६ मधेशा स्थित संचालनमा नभएको जुत्ता फ्याक्टीमा अवैध जुवातास खेलिरहेको अवस्थामा ईनरुवा नगरपालिका- ६ का ६२ बर्षीय तिर्थराज अधिकारी,५८ बर्षीय झगरु चौधरी ,३१ बर्षीय ईन्देश सरदार, १९ बर्षीय गौरब कोईराला, ४३ वर्षिय बाल कृष्ण कोईराला, ५२ वर्षिय दिनेश पोखरेल, ४० वर्षिय अमित कार्की, ४२ वर्षिय सुमन बिश्वकर्मा, २८ वर्षिय जिवन तामाङ, ६२ वर्षिय गोपाल बहादुर चौहान, ४२ वर्षिय राजिव दुलाल, ५० वर्षिय श्रवण कुमार तामाङ, १८ वर्षिय युजिन कोईराला, ७९ वर्षिय उग्र नारायण चौधरी, ईटहरी उप-महानरपालिका-१३ का ३९ वर्षिय नेमलाल र ईटहरी उप-महानरपालिका-१२ का ४३ वर्षिय भरत कटवाललाई नगद २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र १६ (सोह्र) थान कौडा सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता SSP भीम बहादुर दाहालले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij