शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मृत्यु भइसकेको भनिएका धनुषाका चलितर २५ वर्षपछि गाउँ फर्केपछि…

  • प्रकाशित मिति : सोमवार, कार्तिक १९, २०८१



  • धनुषाको बटेश्वर गाउँपालिका-१, लक्ष्मीनिबास सोनापुरका ५८ वर्षीय चलितर महतो २५ वर्षपछि आफ्नो गाउँ फर्किएका छन्। युवा उमेरमा मजदुरीको लागि भारतको पञ्जाब गएका महतो वृद्धावस्थामा घर फर्किएपछि घरपरिवार र गाउँलेहरु चकित भएका छन्।

    महतोको वर्षौंसम्म कुनै खबर नआउँदा परिवार र गाउँलेहरुले उनको मृत्युको आकलन गरेका थिए। तर, अचानक फर्किएपछि सबैजना आश्चर्यचकित भएका छन्।

    चलितर महतोले पञ्जाबमा एक साहुले आफूलाई बन्धक बनाएर श्रम गराएको बताएका छन्। “मालिकले बाहिर जाने कुरा गर्नासाथ काटेर फाल्ने धम्की दिन्थे। डरले बाहिर निस्किन सक्दिनथेँ। मलाई गाईवस्तु पाल्न लगाइएको थियो,” उनले भने।

    उनले भारतको बिहार, सितामढीका मंगल महतोसँग चिनजान भएपछि बन्धनबाट छुटकारा पाएको बताए। मंगल महतोको पहलमा परपञ्चायत बसेपछि साहुले उनलाई घर फर्कन अनुमति दिएको महतोले सुनाए।

    बन्धक बनेर काम गर्दा कुनै पारिश्रमिक नपाएको उनले गुनासो गरे। तर, अन्ततः आफू उद्धार भएर गाउँ फर्किन पाउँदा अत्यन्त खुसी भएको महतोले बताए।

    चलितर घर नफर्किँदा अस्तव्यस्त बनेको उनको विपन्न परिवार केही वर्ष अघि सर्लाहीको हरिवन नगरपालिकाको घुर्कौली सरेको थियो। उनका छोरा प्रविण महतो त्यहाँ खाजा पसल चलाएर परिवार पाल्दै आएका छन्। तर, नागरिकता र जन्मदर्ता नभएका कारण परिवार समस्यामा परेको थियो।

    चलितरको आगमनले उनका परिवारजन उत्साहित भएका छन् र उनीहरुलाई स्वागत गर्न साविक गाउँ सोनापुर आउँदैछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij