प्रकाशित मिति : सोमवार, कार्तिक १९, २०८१
काठमाडौं/ मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्।
९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिए।
चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ।
बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’का लागि अस्पताल भर्ना गरिएको जनाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij