प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०८१
बिनिता शर्मा, काठमाडौँ। प्रहरीले दाङको गढवामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।
दाङ जिल्लाको गढवा गाउँपालिका-७ भोजपुर बस्ने ३१ वर्षीय कृष्णराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय गढवाबाट प्र नि कालिका कार्किको कमाण्ड खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १८ हजार २
सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij