प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०८१
धनगढी/ सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ परेका छन्। कार्तिक १ गतेदेखि २० गतेसम्म सो संख्यामा जुवाडेहरु पक्राउ परेका हुन्।
सबैभन्दा बढी कैलालीबाट एक सय ८४ जना जुवाडे पक्राउ परेका छन्। त्यसपछि कञ्चनपुरबाट एक सय ५९ जना जुवाडे पक्राउ परेका छन्। अछामबाट ९, डडेल्धुराबाट २८, डोटीबाट १२ र बझाङबाट पाँच जना जुवाडे पक्राउ परेका छन्। कैलालीबाट पक्राउ परेका जुवाडेबाट प्रहरीले ११ लाख ९ हजार ८ सय ८ र कञ्चनपुरबाट पक्राउ परेका जुवाडेबाट ११ लाख ९० हजार चार सय ५२ रुपैयाँ बरामद गरिएको छ।
यस्तै अछामबाट पक्राउ परेका जुवाडेबाट ८६ हजार ८५ रुपैयाँ, डडेल्धुराबाट पक्राउ परेका जुवाडेबाट चार लाख ४१ हजार ८ सय ६९ रुपैयाँ, डोटीबाट पक्राउ परेका जुवाडेबाट १२ हजार ८ सय १० र बझाङबाट पक्राउ परेका जुवाडेबाट ६६ हजार एक सय ३० रुपैयाँ गरेर प्रहरीले २९ लाख ७ हजार २ सय ५४ रुपैयाँ बरामद गरेको छ। प्रहरीका अनुसार दशै–तिहार लक्षित सुरक्षा योजना लागु भएको अवस्थामा सो संख्यामा जुवाडे र नगद बरामद गरिएको हो। जुवाखालबाटै पक्राउ परेकाहरुलाई प्रचलित कानून बमोजिम कारवाहीसमेत गरिएको प्रहरीले जनाएको छ।
Dineshkhabar bat
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij