आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शाहरुख खानलाई मार्ने धम्की

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २२, २०८१



  • काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानलाई मार्ने धम्की आएको छ । सलमान खानपछि अब शाहरुख खानलाई पनि धम्की आएको हो ।

    मोबाइलमा धम्की आएपछि शाहरुखको टिमले उजुरी दर्ता गरेको छ । मुम्बई पुलिसले उजुरी पाउना साथ उक्त घटनाको अनुसन्धान थालेको छ ।

    भारतीय समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार अज्ञात धम्कीविरद्ध भारतीय दंड संहिता बीएनएसको धारा ३०८ (४), ३५१ (३), (४) अनुसार मामिला दर्ता भएको हो ।

    जुन नम्बरबाट धम्की आएको छ उक्त नम्बर छत्तीसगढका फैजान नाम गरेका व्यक्तिको नाममा दर्ता भएको छ । नम्बर पछ्याउँदै मुम्बई पुलिस रायपुर पुगेको छ ।

    यो घटना गत मंगलबारको हो । उक्त धम्कीसँगै शाहरुखको घर मन्नत बाहिर सुरक्षाकर्मी बढाइएको छ । यसअघि सन् २०२३ मा पनि शाहरुखलाई धम्की आएको थियो । त्यसपछि सुरक्षा बढाइएको थियो ।

    फोन गर्नेले यदि ५० लाख रुपैयाँ नदिने हो भने मारिदिने धम्की दिएको छ । फोन गर्नेलाई नाम सोध्दा भनेको छ, ‘मेरो लागि यसले कुनै फरक पार्दैैन, मेरो नाम हिन्दूस्तानी हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij