प्रकाशित मिति : बिहिबार, कार्तिक २२, २०८१
बिनिता शर्मा,काठमाडौं/ मोरङमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ ।

मोरङको रंगेली नगरपालिका-८ निचामारी स्थितमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको हो ।
कात्तिक २१ गते साँझ साढे ५ बजे कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा घाईते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी कारबाही भईरहेको, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता SSP भीम बहादुर दाहालले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij