शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मानव तस्करीमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

  • प्रकाशित मिति : सोमवार, कार्तिक २६, २०८१



  • काठमाडौँ । आइतबार मानव तस्कर आरोपमा पक्राउ परेका पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    बिहान मोरङको विराटनगरबाट पक्राउ परेका अधिकारीलाई हवाईमार्गबाट काठमाडौँ ल्याइ आइतबार नै अदालतमा उपस्थित गराइएको थियो । अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

    उनलाई प्रहरीले बरगाछीस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले असम्बन्धित मानिसहरुलाई जापानमा लिएर गएको आरोप छ । जापान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत नगराई उनी असम्बन्धित मानिसहरु लिएर गएका थिए ।

    यसै कसूरमा प्रकाउ परेका अन्य ६ जनालाई पनि अदालतले अनुसन्धान गर्न प्रहरीलाई दुई दिनको समय दिएको छ।

    सो आरोपमा जापानको एयरपोर्टबाटै उनलाई नेपाल फर्काइएको थियो । उनीमाथि मानव तस्करको आरोप लागेपछि कानून मन्त्री भएका उनले राजीनामा दिएका थिए । त्यस लगत्तै एमालेलेसमेत उनलाई कारबाही गरेको छ ।

    उनलाई एमालेले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बन गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij