आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अल्लु अर्जुन बने सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता

  • प्रकाशित मिति : सोमवार, मंसिर ३, २०८१



  • मुम्बई । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रुल’ छिट्टै रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकमाझ निकै चर्चा चलिरहेको छ । डिसेम्बरको पहिलो साताबाट दर्शकले चलचित्रको मज्जा लिन सक्नेछन् ।

    यो वर्षको सबैभन्दा चर्चामा रहेको चलचित्र बनेको छ । यो फिल्म ठूलो बजेटमा बनेको हो जसका लागि कलाकारले चर्को पारिश्रमिक पनि लिएका छन् ।

    ट्र्याक टलिउडको रिपोर्ट अनुसार अल्लु अर्जुनले धेरै फिल्मको कूल कलेक्सनलाई उछिन्दै एउटा फिल्मको लागि ३०० करोड भारु शुल्क लिएका छन् । उनी सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय कलाकारको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । यो सूचीमा उनले रजनीकान्त र शाहरुख खानजस्ता सबैभन्दा धेरै कमाउने सुपरस्टारलाई पनि पछि पारेका छन् ।

    सूचीमा दोस्रो स्थानमा परेका अभिनेताको नाम थलापथी विजय हो । रिपोर्टलाई विश्वास गर्ने हो भने विजयले आफ्नो अन्तिम फिल्मका लागि २७५ करोड भारु लिएका थिए । तेस्रो नम्बरमा किंग खानको नाम छ । शाहरुख खानले एउटा फिल्मका लागि २५० करोड पारिश्रमिक लिने गरेका छन् । चौथो स्थानमा रजनीकान्त छन् जसको पारिश्रमिक १२५ देखि २७० करोड भारु रहेको छ ।

    सुकुमारको निर्देशनमा बनेको फिल्म ‘पुष्पा २’ आगामी डिसेम्बर ४ बाट हलमा रिलिज हुँदैछ । फिल्मको ट्रेलर रिलिज भइसकेको । फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मन्दाना र फहद फासिल पनि देखिनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij