आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक भ्रमण सम्पन्‍न

  • प्रकाशित मिति : आइतवार, मंसिर ९, २०८१



  • बिनिता शर्मा, काठमाडौँ ।   भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक भ्रमण सम्पन्‍न भएको छ ।

    प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनु
    भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी (General Upendra Dwivedi PVSM,
    AVSM) तथा श्रीमती सुनिता द्विवेदी पाँच दिने औपचारिक भ्रमण सम्पन्‍न गरी आज मिति २०८१ मंसिर ०९ गते
    स्वदेश फिर्ता हुनु भएको छ ।

    उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री प्रेम ध्वज अधिकारी र उहाँकी धर्मपत्‍नीले बिदाई गर्नु भएको थियो ।

    भ्रमणको दौरान जनरल द्विवेदीलाई सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नु भएको थियो । जनरल द्विवेदीले आफ्नो भ्रमणको दौरान सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको थियो ।

    उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हे.क्वा.को भ्रमण गर्नुका साथै मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाईट मार्फत विभिन्न हिमालहरुको अवलोकन समेत गर्नु भएको थियो ।

    यस भ्रमणले दुई देशबीच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको, सैनिक जनसंपर्क निर्देशनालयले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij