शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री आचार्य

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १४, २०८१



  • काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

    बिहीबार लुम्बिनीमा भएको ‘लुम्बिनीमा लगानीस् अवसर र चुनौती’ विषय कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताएका हुन् ।

    उनले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडि नहट्ने बताए । उनले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण, भिसा र श्रम स्वीकृत लुम्बिनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको बताए ।

    उनले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य परीक्षण ,श्रम स्वीकृत र भिसा स्वीकृतको लागि सम्बन्धित निकायहरूमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।

    उनले निजी क्षेत्रलाई लगानी सहजीकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर रहेको उल्लेख गरे । उनले लगानीको लागि नीतिगत र कानुनी रुपमा समस्या भए समस्या समाधान गर्न आफूहरू तयार रहेको बताए ।

    उनले भने ‘सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिबद्ध छ । नेपाल सरकारले विमानस्थल सञ्चालनको लागि केही काम तत्काल अगाडि बढाउन जरुरी छ । सरकारले भैरहवाबाट स्वास्थ्य परीक्षण तत्काल अगाडि बढाउनुपर्छ । श्रम स्वीकृत लुम्बिनीबाट गर्न जरुरी छ । भिसा लगाउने काम पनि लुम्बिनीबाट गर्न जरुरी छ । तीन काम लुम्बिनीबाट सञ्चालन हुने हो भने यात्रुहरूको कमी हुँदैन । नेपाल सरकारले तत्काल गर्नुपर्छ । त्यसको लागि सम्बन्धित निकायहरूमा पहल प्रदेश सरकारले गर्ने प्रतिबद्धता गर्दछु । लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार तयार छ । निजी क्षेत्रलाई लगानी सहजीकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर छ । प्रदेश सरकारले लगानीको वातावरण बनाउँछ । लगानीको लागि नीतिगत र कानुनी रुपमा समस्या परेको छ भने कुन कानुन संशोधन गर्दा लगानीमैत्री हुनसक्छ । हामी कानुन संशोधन गर्न तयार छौं । कानुनहरू बाधक छन् भने संशोधन गर्न तयार छौं । तर लगानी गर्ने उद्योगी व्यवसायीहरू दिल खोलेर लगानी गर्न आउन आग्रह गर्दछु । पछिल्लो समय उद्योगी व्यवसायीहरू उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिन्छ । लगानी शेयर बजारमा केन्द्रित हुन थालेको छ यसले देश विकास हुन सक्दैन ।’

    उनले लुम्बिनी प्रदेशमा लगानी गर्ने उद्योगी व्यवसायीहरू दिल खोलेर लगानी गर्न आग्रह गरे । उनले पछिल्लो समय उद्योगी व्यवसायीहरू उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिएको भन्दै शेयर बजारमा केन्द्रित लगानीले देश विकास हुन नसक्ने दाबी गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij