बिनीता शर्मा,काठमाडौँ । प्रहरीले नवलपरासीमा प्रतिवन्धित लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
गएराती नवलपरासी बर्दघाट सुस्तापश्चिम जिल्ला रामग्राम नगरपालिका वडा नं. १२ पचगांवा बस्ने वर्ष ३५ को दिपेन्द्र चौधरीले आफ्नै घरबाट लागुऔषध बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा घरको खानतलासी गर्दा चौधरी सुत्ने कोठाभित्र सिरानी मुनी कालो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा १५ पुरिया नखोलेको र १ पुरिया खुला रहेको लागु औषध ब्राउन सुगर (खैरो हेरोईण) जस्तो पदार्थ प्लाष्टिक सहित १७ ग्राम ३१० मिलिग्राम सामान फेला परेपछी दिपेन्द्र चौधरीलाई पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीलाई सम्मानित जिल्ला अदालत परासीबाट दिन ७ (सात) म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलको कमाण्ड गएको प्रहरी टोलीले पक्राउ गरेको, जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापश्चिम जिल्लाले जानकारी दिएको छ।