प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०८१
काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्राे खेल आज हुँदैछ। आजको दाेस्राे खेलमा चितवन राइनोज र पाेखरा एभेन्जर्स बीचमा प्रतिस्पर्धा हुँदैछ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन्। सो खेल अपरान्ह १ः १५ बजेवाट सुरू हुनेछ। एनपीएल गत शुक्रबारबाट सुरू भएको थियो। चीतवन राइनोजवाट कुशल मल्ल र पाेखरा एभेन्जर्सबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन्।
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ। एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
चितवन राइनोज
कुशल मल्ल- मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल-मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij