आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संघीयताको सवलीकरणमा मिडियाको भूमिकाको खोजी

  • प्रकाशित मिति : बुधबार, मंसिर १९, २०८१



  • देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलीकरणका लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार भएको भेटमा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरिरहेको, अझै प्रदेश सरकारबाट सम्पादन भएका काम र असल अभ्यासहरुलाई नागरिक माझ पु¥याउन जोड दिनुभयो ।

    ‘प्रदेश स्थापना भएदेखि नै मिडिया क्षेत्रसँग सहकार्य भइरहेको छ । प्रदेशको सम्भावना र सम्पादन भएका कामले जनस्तरमा पु¥याएको योगदानलाई बाहिर ल्याउन जरुरी छ’– उहाँले भन्नुभयो– ‘सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि मिडिया क्षेत्रबाट अझै भूमिका बढाउनुपर्नेछ । यसका लागि प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गर्न चाहन्छ ।’

    भेटमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले सार्वजनिक प्रसारण संस्था गठन गरेर नयाँ ढंगले नेपाल टेलिभिजन र रेडियो नेपाल अगाडि बढेको, आगामी दिनहरुमा पनि प्रदेश सरकारसँग सहकार्य गरेर जाने बारेमा जानकारी गराउनुभएको थियो । भेटमा एनटिभी कोहलपुरका प्रमुख विजयकुमार बर्मा लगायतको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij