आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राप्ती ८ का वडाध्यक्ष ५ महिनादेखि बिदेशमा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०८१



  • दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ बिगत पाँच महिनादेखि बिदेशमा बस्दै आएका छन् । साउन १७ देखि उनी कार्यालयमा उपस्थित छैनन् ।

    साउन १६ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक तोकेर उनी बेलायत गएका थिए । लागेको ऋण तिर्न भन्दै उनी कमाउन भनेर बेलायत जान थालेको बताएका थिए ।

    त्यसयता उनी सम्पर्क बिहिन छन् । उनी कहिले फर्किन्छन् भन्ने कुनै टुँगो छैन । गाउँपालिका अध्यक्ष प्रकाश बिष्टका अनुसार बेलायत गएदेखि नेकपा एमालेवाट निर्वाचित वडाध्यक्ष गुरुङ सम्पर्कमा आएका छैनन् ।

    वडाध्यक्ष गुरूङ पदबाट राजीनामा नदिएरै बेलायत गएका थिए । राजिनामा दिएर गएको भए मंसिर १६ गते उपनिर्वाचन हुने थियो ।
    गाउँपालिका अध्यक्ष बिष्टले भने ‘ जनताको काम गर्न मन नभएर राजिनामा दिइ गएको भएपनि हुन्थ्यो, कम्तिमा मंसिर १६ मा उपनिर्वाचन भएको भए नयाँ जनप्रतिनिध आउँथे नि ।’

    संविधानमा जनप्रतिनिधिको मृत्यु भए वा राजिनामा दिए पछि रिक्त हुने स्थानमा मात्रै उपनिर्वाचन हुने कानुनी ब्यबस्था छ । जनप्रतिनिधि यति लामो समय बिदेश गइ बस्दा काममा असहजता भएको तथा म्यासेज पनि राम्रो नगएको गाउँपालिका अध्यक्ष बिष्टले बताए ।

    वडाध्यक्ष गुरूङका स्वर्गिय बुबा निमबहादुर बेलायतका निवृत्त सेना थिए। बेलायतका निवृत्त सेनाका सन्तानले रोजगारीका लागि निवेदन दिन पाउने ब्यबस्था छ । वडाध्यक्ष गुरूङले पनि रोजगारीको लागि निवेदन दिएका थिए। निर्वाचित हुनु पूर्व गुरुङ वडामा कार्यालय सहयोगी थिए ।

    एमाले बाट निर्वाचित तत्कालीन वडाध्यक्ष गोकर्णबहादुर रानाले अहिलेका वडाध्यक्ष गुरुङलाई कार्यालयमा सहयोगीका रूपमा राखेका थिए। एमालेले वडाध्यक्षको उम्मेदवार वनाएपछि गुरूङ २०७९ को चुनावमा निर्वाचित भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij