प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०८१
काठमाडौं । दिल्लीका कम्तीमा ६ वटा विद्यालयमा बम विस्फोटको धम्की दिइएको छ । समाचार एजेन्सी एएनआईले फायर सर्भिसलाई उद्धृत गर्दै यो खबर दिएको हो । यी विद्यालयहरूलाई इमेलमार्फत बमको धम्की दिइएको छ ।
सुरुमा यस्ता चार विद्यालयमा बमको धम्की आएको जानकारी प्राप्त भएपनि पछिल्लो जानकारी अनुसार यस्ता विद्यालयको संख्या ६ पुगेको छ ।
धम्कीपूर्ण इमेल आएपछि विद्यालय बन्द भएको विद्यालय बन्द भएपछि फर्किएका एक अभिभावकले सञ्चारकर्मीसँग कुरा गर्दै बताएका छन् ।
उनी भन्छन् , “विद्यालयबाट म्यासेज आएको थियो तर धेरै ढिलो देख्यौं। ‘असामान्य अवस्था’का कारण आज विद्यालय बन्द रहने भनिएको थियो। केही दिनअघि पनि यस्तै गरी विद्यालय बन्द गरिएको थियो। हामीलाई स्कुल किन बन्द भयो भनिएको थिएन, त्यसैले म्यासेज नदेखेको कारण हामी यहाँ आएका हौँ ।
दिल्लीको श्रीनिवासपुरीस्थित क्याम्ब्रिज स्कुलकी प्रिन्सिपल माधवी गोस्वामीले बिहान ६ बजे प्रहरीलाई बमको धम्की आएको इमेलबारे जानकारी गराएको बताइन् ।
यसअघि ९ डिसेम्बरमा पनि दिल्लीका केही विद्यालयमा बमको धम्की दिइएको थियो । दिल्ली प्रहरीका दक्षिण पश्चिम डीसीपी सुरेन्द्र चौधरीले ४० भन्दा बढी विद्यालयमा बमको धम्की आएको बताएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij