प्रकाशित मिति : शनिबार, पुस १३, २०८१
वीरगञ्ज । पर्सागढी नगरपालिका, हरपुर, पर्सामा Tilganga Institute of Ophthalmology र Outreach Microsurgical Eye Clinic काे सहकार्यमा सञ्चालन भएकाे आँखा शिविरमा ५०४ जनाकाे आँखा शल्यक्रिया गरिएकाे छ।
नगरपालिकाद्वारा आयोजित यस शिविरले स्थानीय समुदायका लागि दृष्टिसम्बन्धी स्वास्थ्य सेवा सहज बनाउँदै ठूलो योगदान दिएकाे छ। शिविरमा आँखा परिक्षण, सामान्य उपचार, र जटिल शल्यक्रियाहरू समेत गरिएका थिए।
यस शिविरबाट आर्थिक अवस्था कमजोर भएका नागरिकहरूले विशेष लाभ उठाएकाे बताइएकाे छ। Tilganga Institute of Ophthalmology का विशेषज्ञ डाक्टरहरूको नेतृत्वमा भएकाे शल्यक्रियाले थुप्रै व्यक्तिकाे जीवनमा सकारात्मक परिवर्तन ल्याएकाे छ।
पर्सागढी नगरपालिकाले यस्ता स्वास्थ्य शिविरहरू आउँदा दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएकाे छ। शिविरमा सहभागी भएका स्थानीयहरूले नगरपालिकाकाे याे प्रयासकाे प्रशंसा गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij