प्रकाशित मिति : बिहिबार, पुस २५, २०८१
काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधबार बिहान दुई बालिका मृत भेटिएको घटनामा प्रहरीले उनीहरूकी आमा पूर्णिमा रानालाई नियन्त्रणमा लिएको छ।
३ वर्ष र ६ महिनाका दुई छोरी घरमै मृत भेटिएको र उनीहरूको घाँटीमा डाम देखिएकाले अनुसन्धानका लागि आमालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा हत्या भएको देखिएको र आमाले समेत स्वीकार गरेको सल्यान प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याएर हत्या गरेको देखिएको सल्यानका डीएसपी केशर न्यौपानेले बताए।
पूर्णीमा यतिबेला १७ वर्षकी भइन्। उनले १४ वर्षमा टेकमान रानासँग विवाह गरेकी थिइन्। टेकमान कामको सिलसिलामा नुवाकोटमा रहेकोमा घटनाको खबर पाएपछि घर फर्किएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij