प्रकाशित मिति : आइतवार, पुस २८, २०८१
बिनीता शर्मा काठमाडौँ । सुनसरी जिल्लामा सशस्त्र प्रहरी बल नेपालले साँढे ७ करोडको अबैध सामान पक्राउ गरेको छ।


सशस्त्र प्रहरी बल नेपालले सुनसरी जिल्लाका बिभिन्न स्थानबाट गत फागुनदेखि हालसम्म ७ करोड ४८ लाख ९५ हजार ३८४ रुपैया बराबरको अवैध सामग्री बरामद गरी सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरी ईनरुवामा, सशस्त्र प्रहरी बल नेपालका SP समेनन्द बज्राचार्य गत फागुन ७ गते गणपति भएर आएपछि राम्रो काम भएको स्थानीय जानकारहरुले बताएका छन् । बिशेष गरि चोरी तस्करी नियन्त्रणमा बज्राचार्यले ध्यान दिएको बताईएको छ।


सुनसरी जिल्लाका विभिन्न पालिकामा रहेका करिब १८ वटा स्थानमा गस्तीका क्रममा यी अबैध सामान पक्राउ गरेर सम्बन्धित निकायलाई बुझाईएको हो। गस्तीका क्रममा बढी पक्राउ परेका स्थानहरु यस्प्रकार रहेका छन, धरान,कप्तानगंज,तीनकुने,पुर्ब पश्चिम लोकमार्ग,कोशी लोकमार्ग,लगायतका हुन ।
उक्त अवधिमा सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरी ईनरुवामा अखाद्य बस्तु , माछा, बोईलर कुखुरा, लोकल रक्सी, खुलामासु नस्ट गरिएको हो।
कपडा ईलेक्ट्रीक सामान रुदाक्ष, चिनी र संकास्पद गाडी राजस्व कार्यालयमा बुझाईएको हो।


किराना,प्याज, मकै, गहुँ अवैध तस्करीमा ढुवानीका लागि प्रयोग भएका सवारीसाधन लगायतका अबैध सामानहरु बरामद गरिएका सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय कार्यालय हल्चोकका प्रबक्ता DIGP कुमार न्यौपानेले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij