आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“दुई हप्ताभित्र चुनढुङ्गा खानीको अध्ययन गर्न टोली आउँछ”–उद्योग मन्त्री भण्डारी

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०८१



  • रोल्पा/ रोल्पाको त्रिवेणी गाउँपालिकामा रहेको चुनढुङ्गा उत्खनन्को विषयलाई लिएर स्थानीयहरु लामो समयदेखि आन्दोलित बनेपछि संघीय सरकारका उद्योग मन्त्री दामोदर भण्डारी रोल्पा पुगेका छन् । विहिवार चुनढुङ्गा खानी स्थलमा पुगेर स्थलगत अवलोकन गरेका मन्त्री भण्डारीले यसको विस्तृत अध्ययन गर्न दुई हप्ताभित्र अध्ययन टोली पठाउने प्रतिवद्धता जनाएका छन् । आन्दोलनरत स्थानीयको कुरा सुनेपछि भन्त्री भण्डारीले बस्ती र उद्योगसँगै हुन नसक्ने बताए ।
    ‘कि त बस्ती सर्नुपर्छ, कि त उद्योग बन्द हुनुपर्छ’ मन्त्री भण्डारीले भने ‘हामी यसबारेमा उद्योगीसँग पनि बसेर समस्या समाधान गर्छाै ।’ खानीलाई पनि चलाउनुपर्ने र बस्ती पनि बसाल्नुपर्ने भएकाले हामीले यसको समाधान गर्न उद्योगी र स्थानीयबीच बसेर समस्या समाधान गर्नैपर्ने पनि मन्त्री भण्डारीले बताए ।
    ‘उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको तर्फबाट औद्योगिक प्रवद्र्धन महाशाखा प्रमुख जितेन्द्र बस्नेतको नेतृत्वमा सिमेन्ट उद्योगहरुको समस्या समाधानका लागि अध्ययन टोली बनाएका छौं’ मन्त्री भण्डारीले भने ‘त्यो टोलीले अध्ययन गरेर विस्तृत प्रतिवेदन तयार गरेर यसको समाधान हुन्छ ।’ स्थानीय सरकारसँगको समन्वयमा यहाँको स्थानीयको यथोचित मागलाई सम्बोधन गर्न सरकार आतुर रहेको पनि उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij