आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गिरीजाले ‘कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ भन्नुहुन्थ्यो, त्यो सत्य रहेछः बालकृष्ण खाण

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०८१



  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी सभापति शेरबहादुर देउवासँग चित्त नबुझे उनकै अगाडि कुरा राख्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
    सोमबार कांग्रेस दाङ क्षेत्र नं.१ ले लमहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता खाणले कुनै पनि नेताको गाली विरोध गर्दा उनकै अगासिड गर्न आग्रह गरेका हुन् ।
    ‘कांग्रेसमा जुन नेताको विरोध गर्ने हो त्यहि नेताको अगाडि विरोधी गरिदिनुपर्छ । अहिले यो कार्यक्रममा शेरबहादुर देउवा हुनुहुन्न । शेरबहादुर देउवालाई गाली गरेर के गर्नु हुन्छ ? गगन थापा यहाँ हुँदै हुनुहुन्न उहाँलाई गाली गरेर के गर्नु हुन्छ ?’ प्रश्न गर्दै उनले नेता तथा कार्यकर्तालाई भने ।
    नेता खाणले कांग्रेसलाई आफ्नै साथीहरूले विरोध र असहयोग गरेका कारण ठूलो पार्टी बन्नबाट कठिनाई भइरहेको बताए । उनले गिरिजाप्रसाद कोईरालाको भनाइ स्मरण गराउँदै भने, ‘विरोध नगर्ने हो भने कांग्रेसलाई नम्बर १ पार्टी बनाउनबाट कसैले रोक्नै सक्दैन । गिरिजाप्रसाद कोइरालाले भन्दा हामी मनमनै हास्थ्यौं– ‘कांग्रेसले संसारलाई विश्वास गर्न सक्छ । कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ त्यो कुरा सत्य रहेछ ।’
    पूर्वगृहमन्त्री समेत रहेका नेता खाणले पार्टीको विरोधमा जाँदा कुनै पनि चुनावमा वडा, पालिका, प्रदेश, प्रतिनिधि सभामा कांग्रेस हार्ने गरेको बताए । उनले आफ्नै साथीको विरोध नगर्न आग्रह गरे । राम्रो काम गरेकोलाई राम्रो गरेको भन्नसमेत आग्रह गरे ।
    क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य योगेन्द्र चाधरी, लुम्बिनी कांग्रेसका उपसभापति राजु खनाल, म्बिनी प्रदेशका मन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी प्रदेशकी सांसद लौका विक, पूर्वसांसद विमल नेपाली लगायतको उपस्थिति रहेकोे थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij