शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो पहाडको छायाङ्कन

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०८१



  • काठमाडौं । निर्देशक तुलसी घिमिरे बिरामी हुँदा फिल्म ‘पहाड’को छायाङ्कन रोकिएको छ । गोरखा दरबारमा पूजाआजा गर्दै छायाङ्कन सुरु भएकोमा एक दिन सुटिङ भए पनि भोलिपल्ट नै घिमिरेको स्वास्थ्य असहज भएपछि तत्काललाई छायाङ्कन रोकिएको हो । घिमिरेको यति बेला चितवनको एक अस्पतालमा उपचार भइरहेको छ । फिल्मका निर्माण नियन्त्रक अरुण रेग्मीका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आइरहेको र चाँडै डिस्चार्ज हुने पर्खाइमा आफूहरू रहेको बताए । चिसोको कारण निर्देशक घिमिरेको स्वास्थ्य अवस्थामा समस्या आएको रेग्मीले बताए । तर, चिकित्सकले केही समय आराम गर्न सल्लाह दिएकाले ‘पहाड’को छायाङ्कन ठ्याक्कै कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन । यद्यपि, केही दिनको अवस्था हेरेर सुटिङको मिति तय गरिने रेग्मीको भनाइ छ । ‘दर्पण छाया २’ पछि घिमिरे ‘पहाड’बाट ७ वर्षपछि पुनरागमन गर्न लागेका हुन् । भाग्य रत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, पञ्चमी घिमिरे, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनिल थापा, प्रियङ्का कार्की,आशा पौडेल, रेणु योगी, अङ्कित खड्काको अभिनय हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij