शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि…

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ४, २०८१



  • रौतहट । डा. सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रीय उपाध्यक्ष अब्दुल खान, रौतहट जिल्ला इन्चार्ज शेख जमसैदलगायतका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ। शेखलगायत नेताले सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो।

    जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री अब्दुल खानसहित केही नेता र जिल्ला इञ्चार्ज जमसेदले शनिबार गरेको हतियार प्रदर्शनबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरू गरेको हो।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढेलगत्तै छानबिन प्रक्रिया सुरू गरेको बताएका छन्।

    जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताए। छानबिनको क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।

    ‘तत्कालका लागि हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमसैदको जिम्मा लगाएर पठाएको छु, आइन्दा सिडिओसाबको निर्देशन अनुसार हुने छ,’ उनले भने।

    उता सिडिओ हिरालाल रेग्मीले प्रहरीले सुरू गरेको अनुसन्धान पूरा भएपछि उचित सुझाव दिने बताएका छन्।

    उपाध्यक्ष अब्दुल खान गौर नगरपालिका सबगढा गाउँस्थित जमसैदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए। सोही क्रममा दुई जना मानिसले ठूलो बन्दुक बोकेको र खानसँगै जमसैद सोफामा बसेका थिए। उनकै घरको प्राङ्गणमा नेताहरू घुमिरहँदा दुवै जना मानिस हतियार बोकेर सँगसँगै हिँडेका थिए।

    जनमत इञ्चार्ज जमसैदले उक्त भेटघाटको फोटो र भिडियो आफ्नै आइडीबाट शनिबार सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना सुरू भएपछि जमसैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका थिए।

    सर्वसाधारणले यसरी हतियार प्रदर्शन गर्दा कारबाही हुने र सत्ता पक्षका नेताले त्यही गर्दा कारबाही हुने कि नहुने? भन्दै उक्त क्रियाकलापबारे विरोध भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij