आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रौतहटमा ट्राफिक नियम उल्लंघन गर्ने १,३५५ सवारी साधन कारबाहीमा, १३ लाख रुपैयाँ जरिवाना असुली

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १२, २०८१



  • रौतहट । ट्राफिक नियम उल्लंघन गर्ने १,३५५ सवारी साधन लाई कारबाही गर्दै रौतहट ट्राफिक प्रहरीले माघ महिनाभर १३ लाख रुपैयाँ जरिवाना असुलेको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय का अनुसार मापसे गरेर सवारी चलाउने, ओभरलोड गर्ने, सिट बेल्ट वा हेल्मेट नलगाउने, कागजपत्र नबोक्ने, लाइसेन्सबिनै सवारी चलाउने, रुट परमिट नलिने तथा बिग्रिएको बत्ती भएका सवारीहरू कारबाहीमा परेका छन्।

    कारबाहीमा परेका सवारी साधनहरूमा बस, ट्रक, कार, जीप, भ्यान, मोटरसाइकल लगायतका विभिन्न गाडीहरू रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी का अनुसार सडक सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीले निरन्तर अनुगमन गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij