प्रकाशित मिति : बुधबार, फाल्गुन १४, २०८१
काठमाडौं । सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको भउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij