आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खाँणले देउवा छाड्दै, कोइरालालाई खुलेरै समर्थन !

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १९, २०८१



  • रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी संस्थापन समूहको साथ छाड्ने संकेत गरेका छन् । आइतबार रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा नेता खाँणले सो संकेत गरेका हुन् ।

    उनी सभापति शेरबहादुर देउवाका प्रिय पात्रको रुपमा चिनिन्थेँ । लामो समय देउवाको साथमा रहेका थिए । तर भुटानी शरणार्थी प्रकरणमा थुनिएको बेला उनले देउवाको साथ पाएका थिएनन् ।

    सोही विषयमा उनी देउवासँग असन्तुष्टि जनाउँदै आएका छन् । उनी धरौटीमा छुटेपछि पनि संस्थापन समूहका नेताहरु भन्दा इतर पक्षका नेताहरुसँग सम्बन्ध बढाउँदै लगेको थिए ।

    उनी जेलमा रहँदा पनि इतर समूहका नेता डा. शेखर कोइरालाले सहयोग गरेको दाबी गरिन्छ । आइतबार नेता खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजाललाई सँगै राखेर अब कहिल्यै साथ नछाड्ने घोषणा गरेका हुन् ।

    नेता खाँणले घुमाउरो पारामा अब देश चलाउन सक्नेलाई पार्टीको जिम्मेवारी दिनुपर्ने अवस्था आएको बताउँदै शेखर कोइरालातर्फ संकेत गरेका थिए । उनले अबका दिनमा दुवै डाक्टरहरुलाई साथ दिने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij