आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२५ करोड लोड गरिएको ट्रक जाँदै थियो केरुङ, झोर क्षेत्रबाटै लिइयो नियन्त्रणमा

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०८१



  • काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर लोडेड ट्रक प्रहरीले सोमबार राति नियन्त्रणमा लियो।

    ना ७ ख १६५२ नम्बरको उक्त ट्रक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामाले हाकिरहेका थिए। भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएका थिए।

    पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उनलाई विशेष व्यरोको सूचनाको आधारमा नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ।

    लामा रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनीमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ।

    लामा यसअघि पनि गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ। प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्ति हुन्।

    सात किलो सुनसहित २०७८ मा उनी पक्राउ परेका थिए। तर, उनी तत्काल छुटेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij