प्रकाशित मिति : बुधबार, चैत्र ६, २०८१
बिनिता शर्मा,काठमाडौ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति सिग्देलले उपरथी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरे ।
त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij