शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पूर्वराजा ज्ञानेन्द्र गोरखा जाँदै

  • प्रकाशित मिति : बुधबार, चैत्र ६, २०८१



  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको उनका संवाद सचिव डा. फणिराज पाठकले जनाएका छन् ।

    उनी यसैसाता जाने भनिए पनि पाठकको सूचनामा दिन भने खुलाइएको छैन । पछिल्लो समय पूर्वराजाको चर्चा सडकदेखि सदनमा चलिरिहँदा राजावादीहरू पनि हौसिएका छन् ।

    के गर्लान् राजावादीहरु ? 

    गत साता पूर्वराजा पोखराबाट काठमाडौँ फर्किँदा राजावादीहरुले शक्ति प्रदर्शन गरे । त्यो आइतबारको दिन काठमाडौँको चक्रपथको सडक दिउँसो २ बजेपछि ठप्पप्रायः नै भएको थियो । सो क्रम राति ८ बजेसम्मै चलेको थियो ।

    पूर्वराजा एयरपोर्टदेखि गाडीमा जाँदा राजावादीहरुसँगै स्थानीयलाई हात हल्लाउँदै गएका थिए । हजारौँको संख्यामा राजावादीहरु सडकमा उत्रिएका थिए ।

    यस्तो लाग्थ्यो कि राजावादीहरुले पूर्वराजालाई उनको निवास निर्मल निवासमा हैन नारायणहिटीमा लैजादै छन् । केही उश्रृंखलले त त्यति नै बेला पूर्वराजालाई नारायणहिटी भित्र्याएर श्रीपेच लगाइदिने भन्दै उत्तेजित प्रतिक्रियासमेत दिएका थिए ।

    तर केही इमान भएका राजावादीहरुले भने राजा मूर्ख हो र त्यत्तिकै नारायणहिटी जाने ? भनी प्रतिक्रियासमेत दिएका थिए ।

    यी दुई प्रतिक्रियाबाट एकातिर सनकका भरमा राजावादीहरु सडकमा उत्रिएका थिए भने अर्कातिर प्रक्रिया पूरा गरेर दबाबपूर्ण आन्दोलनसहित पूर्वराजालाई फेरि नारायणहिटी भित्र्याएर राजसंस्था व्युँताउने भनिरहेका थिए ।

    यसरी दिन चलिरहँदा अब पूर्वराजा गोारखा जाँदा के गर्छन् त राजावादीहरुले ?

    या गोरखाबाट फर्किँदा फेरि एयरपोर्टबाट निर्मल निवासको यात्रा यसअघिको जस्तै सशक्त हुन्छ वा राजावादीहरुसँगै राप्रपा, राप्रपा नेपाल, रास्वपाको आन्तरिक समर्थन र केही बालेन समर्थकहरुको त्यो शक्ति प्रदर्शन सकियो ?

    अहिलेसम्म कसैले मुख खोलेका छैनन् । यद्यपि पूर्वराजालाई अब निरन्तर बाहिर निस्केर जनतालाई आफू शक्ति लिन तयार रहेको सन्देश दिन सुझाव सल्लाह दिइरहेको बुझ्न सकिन्छ ।

    पूर्वराजालाई ल्याउन दबाब दिन नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समिति नै बनिसकेको छ ।

    संसदमा दैनिक राजसंस्था र गणतन्त्रको बहस
    सडकमा सबै पक्ष बोलिरहे पनि संसदमा भने राप्रपा राजसंस्थाको बारेमा बोलिरहेको छ । उसले गणतन्त्रका नाममा शीर्ष तीन तीन दलहरुले मुलुकलाई भ्रष्टाचारको दलदलमा धकेलिरहेको बताइरहेका छन् ।

    त्यसबाहेक राजसंस्था फर्काउनु पर्ने तर्क राप्रपाले केही दिएको छैन । यद्यपि पहिलेदेखि नै जनमत संग्रह गर्नुपर्ने माग गरिरहेको छ ।

    तर नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भने आक्रामक रुपमा राजसंस्थाको विरोध गरेका छन् भने गणतन्त्र बचाउन एकीकृत हुन आह्वान गरिरहेका छन् ।

    बुधबारको संसद बैठकमासमेत नेपाली कांग्रेसका सांसद एवं पूर्व उपसभापति विमलेन्द्र निधीले नेपालमा अब राजसंस्था फर्कने कल्पना गर्न नसकिने बताएका छन् ।

    उनले नेपालमा अन्य कुनै शक्तिले अर्को तन्त्र स्थापना गरिदिन नसक्ने भन्दै जसरी संविधान जारी गरिएको थियो त्यसरी नै गणतन्त्रको रक्षा पनि गर्न सक्ने उनले बताए ।

    उनले यति भन्दै गर्दा गणतन्त्र ल्याउन सहयोग गर्ने पूर्वराजा शाहलाई धन्यवाद दिँदै त्यो सम्मान कायम रहेकाले सोही अनुसार आफ्नो मान जोगाएर बस्न आग्रह गरेका छन् ।

    उनले बुधबारको संसद बैठकमा बोल्दै राजसंस्था ढल्ने बेलामा ठूला प्रतिकार हुने गरेको तर पूर्वराजाबाट सहश्र गणतन्त्र स्वीकार गरेकाले उनको सम्मान रहिरहेको बताए ।

    त्यस्तै माओवादी केन्द्रका सांसद जनार्दन शर्मा प्रभाकरले पनि गणतन्त्र अब सम्भव नभएको बताए । उनले गणतन्त्रलाई नै बलियो बनाउनु पर्ने बताए ।

    यता राप्रपाका सांसद दिपकबहादुर सिंहले गणतन्त्र आएको दुई दशक भइसकेको भन्दै तैपनि किन होला आत्तिएको अरु भन्दै प्रश्न गरेका छन् ।

    उनले सरकारले कुनै पनि सुध्रिने छाँट नदेखाएको भन्दै फागुन ७ गते एक पटक अवसर देऊ भनेका कारण फागुन २५ गते जनताले सहश्र सडकमा उत्रेर पूर्वराजालाई साथ दिएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij