प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०८१
काठमाडौँ । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारिको संयुक्त अधिराज्य अमेरिकामा उपचारका क्रममा निधन भएको छ । जन्डिस देखिएपछि अस्पताल भर्ना भएका अधिकारीको लिभरमा समस्या आएपछि उपचारकै क्रममा निधन भएको हाे ।
प्रखर राष्ट्रबादी ब्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रबादी आन्दोलनलाई अपुरणिय क्षती पुगेको राप्रपा नेपालले जनाएको छ । एक असल, भद्र तथा इमानदार ब्यक्तित्वको परिचय स्थापित गरेका अधिकारिको जन्म २०१३ सालमा संखुवासभामा भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij