शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद

  • प्रकाशित मिति : शनिबार, चैत्र ९, २०८१



  • काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट करिब १५ करोड रुपैयाँ नगद फेला परेपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा सरुवा गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार, मुख्य न्यायाधीश (सीजेआइ) सञ्जीव खन्नाले यस विषयमा जानकारी पाएपछि पाँच सदस्यीय कलेजियमले तात्कालिक बैठक बोलाएर सरुवाको प्रस्ताव पारित गरेको हो ।

    होलीको बिदामा न्यायाधीश वर्माको सरकारी बंगलामा आगलागी भएको थियो। सो समयमा उनी घरमा थिएनन् । परिवारका सदस्यहरूले तुरुन्तै दमकल विभागलाई खबर गरे, जसले आगो नियन्त्रणमा लिने क्रममा बंगलाभित्र ठूलो मात्रामा नगद भेटाएको थियो। सो नगद फेला परेको घटनाले न्यायपालिकाभित्र चर्चा पाएको छ ।

    नगद भेटिएको घटनापछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ, तर यो औपचारिक आन्तरिक छानबिन भने होइन । अनुसन्धान पूरा भएपछि दिल्ली उच्च अदालतले प्रारम्भिक प्रतिवेदन कलेजियमलाई बुझाउनेछ। यद्यपि, सर्वोच्च अदालतको वेबसाइटमा सरुवासम्बन्धी कुनै जानकारी अपलोड गरिएको छैन ।

    उता, दिल्ली हाईकोर्ट बार एसोसिएसनले कलेजियमको निर्णयप्रति असन्तुष्टि जनाउँदै विरोध जनाएको छ । उनीहरूले आपत्ति जनाउँदै प्रश्न उठाएका छन्, ‘के हामी डस्टबिन हौं ?’ कलेजियमको निर्णयले न्यायाधीश वर्माविरुद्धको अनुसन्धानलाई थप गम्भीर बनाएको देखिन्छ ।

    सर्वोच्च अदालतले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । न्यायालय भित्रै उठेका प्रश्नहरूबीच कलेजियमको निर्णयले आगामी दिनमा नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij