मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

४७ औँ नेत्र ज्योति दिवसको अबसरमा निशुल्क आँखा शिबिर सम्पन्न

  • प्रकाशित मिति : बुधबार, चैत्र १३, २०८१



  •  

    बिनिता शर्मा,काठमाडौ । ४७ औं नेत्र ज्योति दिवसको अवसरमा निःशुल्क आँखा परिक्षण कार्यक्रम सप्पन्न भएको छ।

    चैत १३ गते विहान ८ वजे समय समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “४७ औं नेत्र ज्योति दिवश २०८१ को उपलक्ष्यमा”जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा नेपाल नेत्र ज्योति संघ पर्सा शाखा र रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर बाराको संयुक्त आयोजनामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नम्बर ८ जिल्ला प्रहरी कार्यालय पर्साको प्राङणमा प्रहरी कर्मचारी-१३० जना ,थुनुवा-५५ जना जम्मा १८५ जनालाई नि:शुल्क आँखा परिक्षण कार्यक्रम गरिएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लमसाल,नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यालय पर्साका बरीष्ठ उपाध्यक्ष श्याम कुमार पटेल, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर बाराका डाईरेक्टर नितिन तुल्सीयान,सोही अस्पतालका ब्यवस्थापक प्रकाश कुमार बर्मा,सचिन कुमार गुप्ता,अन्जली चौधरी, नेपाल नेत्र ज्योति संघ जिल्ला कार्य समिति पर्साका सभापति भागवती चौधरी,सोही कार्यालयका पूर्व सभापति मधु राणा,प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेकोे जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

    कार्यक्रमको फोटो:-
    +4

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij