आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै

  • प्रकाशित मिति : शनिबार, चैत्र १६, २०८१



  • काठमाडौँ । पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शन दुर्गा प्रसाईंको कारण हिंसात्मक बनेको सुरक्षा विश्लेषण छ । प्रदर्शनको कमान्डर मध्येका संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि स्थिति हिंसात्मक बनेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

    मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं अहिले फरार छन् । प्रदर्शनस्थलबाट स्कोर्पियोमा चढेर हिँडेका उनी शनिवार साँझसम्म फेला परेका छैनन् ।

    प्रहरीले उनको राहदानी कालोसूची ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी गरेको छ । अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुन्छ र पक्राउ गर्न सहज हुन्छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘प्रसाईं फरार छन्, अन्तर्राष्ट्रिय सिमामा उनको आवागमनमा हामी रोक लगाउँछौँ ।’

    आइतबार उनको पासपोर्ट कालोसूचीमा राख्ने गरी अध्यागमन विभागलाई पत्राचार गरिने अनुसन्धान अधिकृतहरू बताउँछन् । प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको चैत १५ गतेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन र पत्रकार सुरेश रजक छन् ।

    प्रदर्शनको नेतृत्वकर्ता मध्येका नवराज सुवेदीसहित १० जना अहिले प्रहरीको नियन्त्रणमा छन् । उनीहरूलाई प्रहरीले फौजदारी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij