मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यस्ता छन् तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा

  • प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०८१



  • पानी जीवनको आधार हो । पानी पिउनु धेरै महत्त्वपूर्ण छ । पछिल्लो समय उपत्यकामा जारका मिनरल वाटरका पानी पिउने गरिन्छ । बोतलहरू प्रायः प्लास्टिकका नै प्रयोग हुने गर्छन् । प्लास्टिकको बोतलको पानी पिउनु वातावरण र शरीरको लागि हानिकारक रहने चिकित्सकहरू बताउँछन् । अनुसन्धानले तामाको भाँडामा राखेको पानी पिउँनु निकै फाईदाजनक हुने देखाएको छ । हिन्दु परम्परा अनुसार पनि तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ । दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ । धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् ।

    तामाको भाडोमा राखेको पानी पिउनुका फाइदाहरू
    – तामाको भाँडामा राखिएको पानी प्राकृतिक एन्टिअक्सिडेन्ट हो । आयुर्वेदिक अध्ययनका अनुसार यसको सेवनले वात, कफ र पित्तका तीन दोषलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
    – तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुनुका साथै जोर्नीको दुखाइ कम हुन्छ ।
    – फंगस, भाइरस र ब्याक्टेरियाबाट हुने धेरै हानिकारक रोगहरूलाई हटाउन तामाको पानी राम्रो उपाय हो ।
    – तामाको पानीले शरीरको प्राकृतिक पीएच स्तरलाई पनि कायम राख्न मद्दत गर्छ ।
    – तामाको भाँडामा राखेको पानी नियमित रूपमा पिउनाले रक्तअल्पता कम हुन्छ ।
    – तामाको पानीले थाइराइडको समस्या निको हुन्छ । साथै शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।
    – मुटु रोगका बिरामीले तामाको पानी पिउनुपर्छ । विज्ञहरू विश्वास गर्छन् कि शरीरमा तामाको कमीले प्लाकको गठन हुन्छ, जुन रक्तनलीहरू अवरुद्ध गर्न जिम्मेवार हुन्छ ।
    – तामाको भाँडो वा भाँडामा राखिएको पानीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यसले ट्यूमर निम्त्याउने फ्री रेडिकलहरूसँग लड्न मद्दत गर्न सक्छ ।
    – डब्लुएचओले प्रति लिटर पानीमा कम्तीमा ०।४७ मिलिग्राम तामा उपभोग गर्न सुझाव दिन्छ। यो हरेक दिन १० मिलीग्राम भन्दा बढी हुनु हुँदैन। यस्तो अवस्थामा तामाको बोतलमा १० घण्टाभन्दा बढी समयसम्म पानी राखेर खानु हुँदैन ।
    – बिहान तामाको भाडामा पानी खाँदा स्वास्थ्यमा फाइदा पुग्छ । खाना खाएपछि तामाको भाँडामा राखेको पानी पिउँदा पाचन प्रक्रियामा नराम्रो असर पर्न सक्छ । यसले पाचन कम गर्न सक्छ वा पेट दुख्न सक्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij